२०७८ श्रावण १० , आइतवार

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो, सवारी साधनमा जोरबिजोर नियम हटाइयो

3

सुनाखरी न्युज/ काठमाडौँ – काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा थपप खुकुलो बनाइएको छ ।स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर-बिजोर प्रणाली हटाइएको छ । यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर विजोर नियम लगाइएको थियो ।

 

गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । तीनै जिल्लाले एकै खालका निषेज्ञा आदेश जारी गर्ने गरेका छन् ।