२०७८ श्रावण २१ , बिहिवार

गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने – प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.

5

सुनाखरी न्युज/ बिराटनगर – १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले प्रहरी कर्मचारीले कुनै पनि गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताउनु भएको छ। नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीस्तरको असार ७ गतेको निर्णयले १ नम्बर प्रदेश सरुवा भई पदभार ग्रहण गर्नु भए संगै १ नम्बर प्रदेश मातहत रहेका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई भिडियो कन्फ्रेन्स मार्फत निर्देशन दिनुहुँदै वाँहाले उक्त कुरा बताउनु भएको हो ।

 

वाहाँले प्रमाणमूखी अपराध अनुसन्धानलाई जोड दिन, फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौटको लागि जोड दिन, हिरासत व्यवस्थापनमा बिशेष ध्यान दिन र लागु औषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तथा सिमावर्ती क्षेत्रबाट हुने अबैध चोरी निकाशी नियन्त्रणका लागी दत्तचित्त भएर लागी पर्न समेत निर्देशन दिनु भएको छ ।प्रहरी महानिरीक्षक द्वारा जारी गरिएको प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश २०७७ को अक्षरस पालना गर्ने र राम्रो काम गर्ने प्रहरी कर्मचारीलाई तत्काल पुरस्कृत गर्ने तथा खराव आचरण प्रस्तुत गर्नेलाई तत्काल कारवाहि गर्न समेत निर्देशन दिनु भयो ।

 

वाहाँले कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरु संग शिष्ट व्यवहार गर्ने र माथिल्लो कार्यालय र सम्बन्धीत कार्यालयको सम्पर्क नम्बर तथा प्रमुखको नम्बर स्पष्ट देखिने स्थानमा राख्न, बर्षातको समय भएकोले बाढी, पहिरो डुवान लगायतका घटना हुने भएकोले उद्धार टोली र उद्धार सामाग्रीहरु सहित तयारी अवस्थामा रहन, प्राकृतिक श्रोतसाधनको अवैध दोहन हुन नदिने तर्फ बिशेष चनाखो हुन तथा COVID-19 को रोकथाम तथा नियन्त्रण तर्फ बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिनु भएको छ ।