२०७८ श्रावण १० , आइतवार

९ दिनदेखि बेपत्ता युवती जंगलमा मृत भेटिइन् , हत्या भएको भन्दै राजमार्ग अवरुद्ध

Capture

सुनाखरी न्युज/ चितवन —

९ दिनदेखि बेपत्ता युवतीको हत्या भएको भन्दै स्थानीयले विरोधमा चितवनको भण्डारास्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् । तत्काल दोषी पत्ता लगाई कारबाही गर्न उनीहरूले माग गरेका छन् ।

पूर्वी चितवनको भण्डारास्थित धमिले जंगलमा आइतबार साँझ युवतीको शव भेटिएको थियो । उक्त शव राप्ती नगरपालिका–३ प्रगतिचोककी २२ वर्षीया सुजिता भण्डारीको रहेको भनी आफन्तले सनाखत गरिसकेका छन् ।

 

उनको घरदेखि झन्डै एक किलोमिटर नजिकै मार्तल खोला चोकभन्दा उत्तरतिरको जंगलमा शव भेटिएको हो । ‘जंगल गएका स्थानीयले देखेपछि खबर गरे । साँझ त्यस्तै साढे पाँच बजेतिर खबर आएको थियो होला,’ वडाध्यक्ष उप्रेतीले भने ।

 

चितवन प्रहरीका एसपी ओम अधिकारीले शवनजिकै झोला भेटिएको र त्यसकै आधारमा उक्त शव सुजिताकै रहेको भनी दिदीले पहिचान गरेको बताए । अधिकारीका अनुसार दिदीले उक्त झोला आफूले पसलबाट सामान किन्दा ल्याएको बताएकी छन् ।