२०७८ श्रावण १९ , मंगलबार

जीवन विकास लघुवित्तको आइपीओ यसै साता बाँडफाँट हुने

Capture

सुनाखरी न्युज/ काठमाडौँ – जीवन विकास लघुवित्त वित्तीय संस्थाको आइपीओ यसै साताभित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबारभित्र आइपीओ बााडफाँट गर्ने तयारी रहेको छ । यद्दपि, बाँडफाँट हुने निश्चित मिति भने निर्धारण भइसकेको छैन । सोमबार र मंगलबारभित्र प्रि–अलोटमेन्ट सम्पन्न गरी शुक्रबारभित्र बाँडफाँट गर्ने तयारी गरिएको एनएमबि क्यापिटलले जानकारी गराएकोे छ ।

 

जीवन विकासको आइपीओमा हालसम्मकै उच्च आवेदन परेको छ । यसमा २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् । सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको हो । तथापि, अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ । जीनव विकास लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । कुल आवेदकमध्ये ८.८६% आवेदकले मात्र सेयर पाउनेछन् ।

 

बाँकी ९१.१४% आवेदकको हात खाली हुनेछ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिएका हुन् ।