२०७८ श्रावण १० , आइतवार

कोभिड १९ का कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या ३९ लाख नाघ्यो

Corona Logo

सुनाखरी न्युज/ काठमाडौँ – महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर ३९ लाख ९३ हजार ५११ जनाको मृत्यु भएको छ । हालसम्मको तथ्यांक अनुसार विश्वका १८ करोड ४५ लाख ६७ हजार ३०७ जना कोरोना संक्रमित भेटिएका छन् ।

 

यस्तै, १६ करोड ८९ लाख १८ हजार ५०१ को उपचारपछि निको भएका छन् । अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ६ लाख २१ हजार २९३ जनाको मृत्यु भएको छ भने ३ करोड ४५ लाख ९२ हजार ३७७ जनामा संक्रमित फेला परेका छन् । पहिलो पटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ । यस्तै, ब्राजिल, भारत, स्पेन, फ्रान्स, बेलायत, इटलीमा मृत्यू हुनेहरुको संख्या प्रत्येक देशमा ४० हजारभन्दा बढी पुगेको छ । इटलीमा मृत्यू हुनेको संख्या १ लाख भन्दा बढी छ ।

 

ब्राजिलमा ५ लाख २४ हजार ४७५, भारतमा ४ लाख ०२ हजार ७५८, स्पेनमा ८० हजार ९११, फ्रान्समा १ लाख ११ हजार १६१, बेलायतमा १ लाख २८ हजार २२२ जनाको मृत्यु भइसकेको छ । विश्वका २१२ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ६ लाख ४४ हजार ६२२ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म ९२२५ को मृत्यु भएको छ ।

https://www.worldometers.info/coronavirus/