२०७८ श्रावण १० , आइतवार

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

Capture

सुनाखरी न्युज/ काठमाडौँ – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेले असार १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असार २१ गते) अन्तिम दिन हो।

 

लघुवित्तले लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत आईपीओ निष्काशन गरेको हो। जसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको साधारण शेयर निष्काशन भएको चौथो दिन आइतबार बेलुका ५ बजेसम्ममा सबा १७ लाखले आवेदन गरेका छन् । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार लघुवित्तको आइपीओमा १७ लाख २५ हजार ६७८ वटा आवेदन परेको छ । उल्लेखित आवेदनबाट २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार ८९० कित्ता शेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग गरिएको तुलनामा ६२.५२ गुणा बढी हो ।