२०७८ श्रावण १० , आइतवार

भन्सार छलि ल्याएको आठ लाख बराबरको विभिन्न सामान बरामद

Capture

सुनाखरी न्युज/ बाँके – अबैध रूपमा भन्सार छलि ल्याएर नेपालगंज उपमहानगरपालिका १५ जमुनाह बस्ने ३२ वर्षीय मोनु कवडियाको सोही उपमहानगरपालिका ७ एमपिस्कुल नजिक कोठामा लुकाई राखेको करिब ८ लाख रुपैयाँ बराबरको मोटरसाइकल तथा गाडीका पार्टपूर्जा र कपडा शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

 

उनको कोठामा अबैध भन्सार छलिको सामान राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त रुपैयाँ बराबरको सामान फेला पारी बरामद गरेको हो । हाल फरार कवडियाको प्रहरीले खोजी गरिरहेको छ । बरामद सामान भन्सार कार्यालय बाँकेमा पठाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।