२०७८ श्रावण १० , आइतवार

छुट्टाछुट्टै स्थानमा तास खेलिरहेका ३१ जना पक्राउ

card

सुनाखरी न्युज/ काठमाडौं – तारकेश्वर नगरपालिका-७ फुटुङ्ग स्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४४ हजार ८ सय ५५ रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-३ बस्ने कमल थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ दहचोक बस्ने ३६ वर्षीय किशोर बखती लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नगद ५० हजार ७० रुपैयाँ र ३ बुक तास सहित उनीहरूलाई पक्राउ गरेको हो ।

 

यसैगरी काठमाडौं महानगरपालिका-१५ बिजेश्वोरी स्थित घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय कर्मा गुरुङ्ग लगायत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २२ हजार १ सय ३० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

 

नवलपरासी(पूर्व), देवचुली नगरपालिका-१७ कुजौली बस्ने ३९ बर्षीय जीतलाल थनेतको खाजा घरमा तास खेलिरहेको अवस्थामा थनेत लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको खाजा घरमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४३ हजार ७ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।