२०७८ श्रावण ११ , सोमवार

तुरिया घोला जुनेली डाडा युवा क्लब द्वारा सरसफाई कार्यक्रम

received_4038999109555054

सागर पौडेल/ पश्चिम् नवलपरासी – पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ मा अबस्थित तुरिया घोला जुनेली डाडा युवा क्लबले आफ्नो गाउँ वरपर सरसफाइ गरेको छ ।

 

“हामी बन्छौ हाम्ले हाम्रो गाउ बनाउछौ ” भन्ने मुल नारा बोकेर स्थापित भएको क्लब ले पहिलो काम को सुरुवात नै सरसफाई अभियान गरेर सुरु गरेको छ । क्लबका अध्यक्ष संदेश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका सम्पुर्ण सदस्य सामाजिक अभियान्ता, बुद्धिजिबिको उपस्थिति रहेको थियो । स्थापना भएको एक महिना नबित्दै क्लब ले समाजको लागि सकारात्मक सोच बोकि व्यबहारमा परिवर्तन गरेको गाउँ सफा भए मात्र हामी स्वस्थ हुने कुरामा ध्यान दिदै अब कसैले पनि गाउटोल मा फोहोर फाल्न नपाउने गरि अगि बढेको जानकारी अध्यक्ष गुरुङ ले बताउनु भयो ।

 

त्यस्तै गाउमा जुवातास आज का मिति बाट बन्देज समेत गरिएको छ । गाउँ टोल सफा गर्दै हिडेको युवाको टोलिले आज मात्रै गाउँ टोलमा जुवातास खेल्दै गरेका युवा तथा उमेर पुगेका ब्यक्ती हरुलाई पक्राउ गर्दै अब को दिनमा खेलेको थाहा पाए गाउका युवाहरुले सजाय स्वरुप जरिवाना समेत तिराईने सर्तमा बन्देज गरिएको छ।