२०७८ श्रावण १० , आइतवार

अझै तीन दिन वर्षा हुने

weither

सुनाखरी न्युज/ काठमाडौं – देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले वर्षा हुने क्रम जारी रहेको छ हाल तराईका भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा सक्रिय रहेकाले प्रदेश नम्बर १, २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ ।

 

आगामी सोमबारसम्म ती स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मुलुकभरका ठूला तथा साना नदीमा पानीको बहाव बढ्ने क्रम तीव्र रहेकाले सकभर नदी किनारा तथा जोखिमयुक्त पहाडी क्षेत्रमा भ्रमण नगर्नसमेत विभागले आग्रह गरेको छ ।

 

प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–२ र वागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।