२०७८ श्रावण ११ , सोमवार

बनेपा नगरपालिकाको वडा नम्बर ४ मा स्वास्थ्य चौकि भवन शिलन्यास

1

सुनाखरी न्युज/बनेपा – राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्वन्वयन ईकाई धुलिखेलको आयोजनामा बनेपा नगरपालिका वडा नम्बर ४ मा स्वास्थ्य चौकि भवन निर्माण हुँदै । भववनको शिलान्यास नगर प्रमुख लक्ष्मी नर्सिङ बादेले गर्नु भएको छ ।

 

भवनको शिलान्यास कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, ३ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद दाहाल,४ नम्बर वडा अध्यक्ष तथा प्रबत्ता श्यामसुन्दर श्रेष्ठ ,१० नम्बर वडा अध्यक्ष चन्द्र बहादुर खड्का, ११ नम्बर वडा अध्यक्ष शिव थापा,कार्यपालिका सदस्य प्रमिला पाण्डे,वडा सदस्यहरू, स्थानीय ब्यत्ति लगायत । उत्त भवन २करोड ४६ लाखमा ८ कोठे २ तलाको बन्नेछ । भवन निर्माणको जिम्मा प्रतिष्ठा रशिवालय कम्पनीले पाएको छ । निर्माण कम्पनीका प्रोपाईटर रबिन्द्र गौतमले जिल्लामा ६ वटा स्वास्थ्य भवन बन्न लागेको बताउनु भयो ।