२०७८ श्रावण १० , आइतवार

नमुना सामुहिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

IMG_20210703_123003

सागर पौडेल / पश्चिम् नवलपरासी – जिल्ला वन कार्यक्रम पश्चिम् नवलपरासी को सहयोग, नमुना सामुहिक बन को आयोजनामा आज सुनवल नगरपालिका वडा नम्बर २ नवदुर्गा टोलमा अबस्थित नमुना सामुहिक वनमा वृक्षारोपण गरिएको छ ।

 

नमुना सामुहिक वनका अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता तथा नवदुर्गा टोलका जेष्ठ नागरिक कुलप्रसाद काफ्ले को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समाजसुधार आमा समूह , नवदुर्गा युवा क्लब , समाजसेवी बुद्धिजीवी , पत्रकारहरुको उपस्थिति रहेको थियो । अध्यक्ष टिकाराम पौडेल बोल्दै एउटा रुख काटेमा दुइटा रुख रोप्ने बानी बसालौ , वनजङ्गल बिनास गर्नु भनेको स्वास्थ जिवनमा नकारात्मक असर पुराउनु हो ।

 

रुख बिरुवा रोप्नु मात्र वृक्षारोपण नभएर भएका बिरुवा को संरक्षण गर्नु पनि वृक्षारोपण हो भन्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । ३ हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गलमा टिक, टाकि, हर्यो ,सफेदा गरि ७०० बिरुवा वृक्षारोपण गरिएको थियो । जङ्गलमा सुरुदेखी नै सिसौ, बास, आँप , खयर , बेल, डुम्री , खनियो,इपिलिपी, कदम,जमुना,अमला,कटर कागती,बेल,रोईनि ,वर- पिपल, समि, निम, बेलौती , बडर जस्ता बिरुवाहरु रोप्दै आईरहेको छ ।