२०७८ श्रावण ११ , सोमवार

बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु, केपी ओली र माधव नेपालबीच टेलिफोन संवाद

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबार दिउँसो शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो । बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको स्रोतको भनाइ छ । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिएका थिए ।

ओली र नेपाल आ–आफ्नो अडानमा कायमै छन् ।