२०७८ श्रावण १० , आइतवार

नागरिक लगानी कोषको २६ औ वार्षिकोत्सव सम्पन्न, नौ प्रतिशत बोनस सेयर पारित

2

सुनाखरी न्युज/ काठमाडौँ – नागरिक लगानी कोषले २६ औं वार्षिक साधारणभा कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न गरेको छ । सभाले आर्थिक बर्ष २०७६÷७७ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।

 

त्यसैगरी आ.ब २०७६÷७७ को वार्षिक प्रतिवेदन माथी छलफल गरी पारित गरेको छ । यो संगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तथा रोकथाम नियन्त्रणका लागि अवलम्बन गरिएको लकडाउनको विषम परिस्थितीको बाबजुद सेयरधनीलाई भर्चुअल रुपमा सहभागी गराइएको थियो । कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने बिगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफ्नै भवन भित्रबाट भुर्चयल संचालन गरेको हो । कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको बस्तुस्थिती बारे जानकारी दिएका थिए ।

 

चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा कोषले रु.१ खर्व ७२ अर्व रकम संकलन र रु.१ खर्व ७१अर्व ९७ करोड लगानी गरेको छ । यस आवमा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रुपमा सञ्चालन भईरहेका छन् । कोषको आर्थिक वर्ष २०७६÷७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद नाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरीसकेको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ ।

 

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रममा एनएलके वेभ बेष्ड सफ्टवेयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सरकारी लेखा प्रणाली (सिगास) सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।

 

कोष संचालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईको मन्तब्य

आदरणीय शेयरधनी महानुभाव तथा आमन्त्रित अतिथिज्यूहरु,
नागरिक लगानी कोषको २६ औं वार्षिक साधारणभामा उपस्थित सम्पुर्ण शेयरधनी महानुभाव र नियामक निकायका प्रतिनिधिलाई यस गरिमामय सभामा संचालक समितिको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु । कोषको बाह्य लेखापरीक्षक, विभिन्न संस्थाका प्रतिनिधि, अतिथि, पत्रकार मित्र, कोषका कर्मचारी एवम् उपस्थित सम्पुर्ण महानुभावहरुलाई समेत म हार्दिक स्वागत गर्दछु ।

आर्थिक वर्ष २०७६÷७७ को यो बार्षिक साधारणसभा कोभिड–१९ को दोस्रो लहरको महामारी बीच सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालना गर्नु पर्ने परिस्थितिका कारण सूचना प्रविधिको उपयोग गरी भर्चुअल माध्यमबाट गर्नु परेको व्यहोरा यहाँहरुलाई विदितै छ । यस विषम परिस्थितिको वावजुत यो वार्षिक साधारणसभा यही आर्थिक बर्ष भित्र सम्पन्न गर्ने अठोटका कारण आज आयोजना गरिएको छ । नागरिक लगानी कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने विगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफनै भवनमा साधारणसभा गर्न पाउँदा म अत्यन्त हर्षित छु । यस वार्षिक साधारण सभामा कोष संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदनमा मुलुकको समग्र आर्थिक विकासमा कोषले पुर्याएको योगदान, आ.व. २०७६÷७७ मा कोषले संचालन गरेको कार्यक्रम, कोषको कारोवार मुनाफाको स्थिति लगायतका विषयहरु उल्लेख गरी सकेको छु । सो वार्षिक प्रतिवेदन कोषको वेवसाइट तथा पुस्तकको रुपमा उपलब्ध गराई सकिएको छ । यस गरिमामय सभामा उक्त प्रतिवेदनमा उल्लेखित विषयहरु संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

 

आदरणीय शेयरधनी महानुभावहरु,
आर्थिक वर्ष २०७६÷७७ को वित्तीय विवरणहरु वार्षिक प्रतिवेदनमा उल्लेख गरिएकै छ । कोषले यस आ.व.को जेठ मसान्तसम्ममा रु. १ खर्व ७२ अर्व रकम संकलन र रु.१ खर्व ७१अर्व ९७ करोड लगानी गरेको छ । यस आ.व. मा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवाहरु समेत निरन्तर रुपमा सञ्चालन भईरहेका छन् । कोषको आर्थिक वर्ष २०७६÷७७ को करपछिको खुद नाफा रु.६१ करोड ९६ लाख ७० हजार रहेको छ । खुद मुनाफा मध्ये बाँडफाँड योग्य रकम रु.५५ करोड ३६ लाख ७२ हजार रहेको छ । उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार रु.१२ करोड ३९ लाख ३४ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७६÷७७ मा ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद लाभांश वितरणको लागि शेयरधनी समक्ष प्रस्ताव गरिएको व्यहोरा अनुरोध गर्दछु ।

कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिएको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु भएको छ । कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रमहरुमा ल्ीप् ध्भद द्यबकभम क्यातधबचभ पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको ऋन्ब्क् सफ्टवेयरमा म्बतब आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।

 

आदरणिय शेयरधनी महानुभावहरु,
कोषले संचालन गरिरहेका अवकाश कोष कार्यक्रमका सहभागीहरु विशेष गरी सरकारी, गैर सरकारी एवं नीजि प्रतिष्ठानमा कार्यरत कर्मचारी मात्र रहेको हुँदा कोषद्वारा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई पनि सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्न सकिने सम्भावना रहेको छ । कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गरी “समृद्ध नेपाल सुखी नेपाली”को परिकल्पना पूरा गर्ने एवम् लगानी विविधीकरण गरी प्रतिफलको अभिवृद्धि गर्न सकिने अवसरहरु रहेका छन् । कोषसँग पुँजी व्यवस्थापनको लामो अनुभव तथा सर्वसाधारणको अगाध विश्वास र भरोसा रहेको हुँदा सार्वजनिक संस्थान तथा अन्य निकायहरुको पेन्सन कोष जस्ता कार्यक्रम संचालन गर्न सकिने सम्भावना रहेको छ । वित्तीय बजार र पुँजीबजारमा कोषले नेतृत्वदायी भूमिका खेल्न सक्ने सम्भावना रहेको छ । यी संभावनाको भरपुर उपभेग गर्न कोष व्यवस्थापन र संचालक समिति लागि पर्ने कुराको विश्वास यहाँहरुलाई दिलाउन चाहान्छु ।

आर्थिक बर्ष २०७५÷७६ को साधारण सभामा यहाँहरुले उठान गर्नु भएका अधिकांश सुझाबहरुलाई कोषले महत्वका साथ कार्यान्वयन गरिसकेको छ । केही कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक बर्ष र यस आर्थिक वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको पहिलो तथा दोस्रो लहर तथा उक्त महामारीको संक्रमण विस्तारलाई रोक्न गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण देशको आर्थिक गतिविधि संचालनमा प्रतिकुल अवस्था सिर्जना भएकोले कोषको कारोवारलाई समेत असर पर्ने देखिएको छ । कोषमा विद्यमान उपरोक्त सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवम् चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामुलक बनाउन प्रयास गरिने छ । साथै, कोषको उद्देश्य हासिल गर्न शेयरधनी महानुभावहरुबाट विगतमा जस्तै उपयुक्त सल्लाह, सुझाव र सहयोग प्राप्त भइरहने छ भन्ने विश्वास लिएको छु ।

 

आदरणिय शेयरधनी महानुभावहरु,
कोषलाई समयको गतिसँगै सक्षम, सुदृढ र गतिशील बनाउन शेयरधनी महानुभावहरुबाट निरन्तर रुपमा प्राप्त भइरहेको अमुल्य सहयोग, सद्भाव र सुझावको निमित्त म हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्दछु । कोषको प्रगतिमा सदैव सहयोग पुर्याउनु हुने महालेखा परीक्षकको कार्यालय, नेपाल सरकार अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, राष्ट्रिय वीमा संस्थान, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, विभिन्न वित्तीय संस्थाहरु एवम् अन्य सहयोगी संस्थाहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । कोषलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मार्गदर्शन र सुझाव प्रदान गर्नु हुने सम्पूर्ण शुभेच्छुक तथा सहभागीहरुप्रति संचालक समिति र मेरो व्यक्तिगत तर्फबाट समेत धन्यवाद दिन चाहन्छु ।

कोष परिवारको रुपमा कार्यरत रहँदै कोषको उन्नति र प्रगतिमा लगनशीलताका साथ लागिरहनुभएका कोष व्यवस्थापन तथा सम्पूर्ण कर्मचारी वर्गलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा यहाँहरु सबैबाट विगतमा जस्तै सद्भाव र सहयोगको निरन्तरतासँगै कोषको प्रगतिका लागि अझ थप रचनात्मक सहयोग, सद्भाव र सुझाव प्राप्त भइरहने छ भन्ने अपेक्षा गरेको छु ।
धन्यवाद !