२०७८ श्रावण १९ , मंगलबार

दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन नेपाल पक्षका नेताहरुलाई अध्यक्ष ओलीको निर्देशन

5

सुनाखरी न्युज/ काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी हस्ताक्षर गरेका नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिनुभएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १३ औं केन्द्रीय कमिटी बैठकमा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिप्रति योजनाबद्ध रुपमा आक्रमणको प्रयास भैरहेकाले सचेत रहन पार्टी पङ्तिलाई निर्देश गर्नुभएको छ ।“पार्टीका नेता हौं भन्नेहरुले अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टीको हित हुने कार्य गरेको सैह्य छैन” प्रधानमन्त्री ओलीले थप्नुभयो, “हामी पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार छौं, तर याद होस हाम्रो आन्दोलन धेरै मजबुत छ ।”

 

नेता बामदेब गौतम पार्टी एकता जगाउन बैठकमा आउनुभएको भन्दै प्रधानमन्त्री ओलीले बैठकमा उहाँको स्वागत गर्नुभएको छ । अर्को बैठकमा नेता नेपाल पक्षका नेताहरुलाई पनि सहभागी हुन उहाँले आव्हान गर्नुभएको नेता बस्नेतले जानकारी दिनुभयो । नेता गौतमलाई जिस्काउदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बामदेबजीलाई आउने जाने क्रम जारी नगरी आको आई गर्न अनुरोध गर्द्छु ।” ढिलोचाँडो नेता नेपाल पक्षका नेताहरु पनि बैठकमा सहभागी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । बैठकमा प्रधानमन्त्री ओलीले कोभिड खोप आउनेक्रममा रहेकाले दुई दिनभित्र खोप उपलब्ध हुने बताउनुभयो । सरकारले खोप ल्याउने सबै प्रबन्ध मिलाए पनि केही विरोधी दलले खोप आउन नदिन प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले टिप्पणी गर्नुभयो । बैठकमा महासचिब ईश्वर पोख्रेलले बैठकका प्रस्ताब प्रस्तुत गर्नुभएको छ ।