२०७८ श्रावण १० , आइतवार

श्रीमती र छोराको हत्या गर्ने श्रीमान् पक्राउ, यस्तो छ घटना विवरण

Capture

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ ।

 

बनेपा नपा–११ बानियाँ टोलमा डेरागरी बस्दै आएका घिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनी बनेपाकै तीन दोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीय मनिषा कार्की घिमिरे र ६ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यस्तो छ घटना विवरण

• मिति २०७८/०३/०३ गते आफ्नै श्रीमती बर्ष ३० की मनिषा कार्की (घिमिरे) छोरा बर्ष ६ को युआन घिमिरेलाई कर्तव्य गरी हत्य गर्ने श्रीमान का.प.जि. पाचँखाल गा.वि.स वडा नं ०७ हाल ऐ. जिल्ला पाचँखाल न.पा वडा नं ६ बस्ने स्थायी घर भई हाल बनेपा डेरा गरी बस्ने वर्ष ३२ को माधब उपाध्याय घिमिरेलाई पक्राउ गरी अनुसन्धान जारी रहेको छ ।
• प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमतीले निज प्रतिवादी माधब उपाध्याय घिमिरेको अन्य महिलासंगको अनैतिक सम्बन्ध रहेको कुरा थाहा पाए पश्चात मलाई किन धोका दिएको म घरमा श्रीमती हुँदा हुँदै यस्तो क्रियाकलाप नगर्न बारम्बार अनुरोध गरी सचेत गराएको र व्यापार व्यबसायमा ध्यान नदिएको जग्गा जमिन, घर बनाउन नसकेको कारण, छोराको र परिवारको भबिष्यको बारेमा कुनै ध्यान नदिएको भनि श्रीमतीले आर्थिक कारोबारमा बिवाद गरेकाले आफुले योजना बनाई हत्या गरेको स्वीकार गरेको ।
• हत्या गर्न निज प्रतिवादीले श्रीमती र छोरा निधाई रहेको अवस्थामा सिरानीले मुख थुनी बलपूर्वक हत्य गरे पश्चात छोरालाई सोही तरीकाबाट हत्या गरी एउटै खाटमा सुताई ब्याङकेटले छोपी कोठाको ताल्चा बाहिरबाट लगाई एक दिन सम्म घट्ना लुकाई राखेको र घट्नालाई लुकाउन अनेकौ योजना बनाएको ।
• निज प्रतिवादी असामान्य गतिविधि देखि छिमेकीले प्रहरीलाई खवर गरे पश्चात भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय बानेपाको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान अगाडी बडी रहेको ।
• प्रतिवादी अबैध आर्थिक कारोबारमा समेत संलग्न रहेको भन्ने बुझिएकाले निजले प्रयोग गरेको Electrical devices हरुको प्रविधिक अध्यान भईरहेको ।
• मृतकको माईती देश भारत आसाममा रहेको, ७ बर्ष अघि बिवाह भाई हालको मृतक छोरा युआन घिमिरेको जन्म भए पश्चात काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा. वडा नं ८ स्थित तिनदोबाटोमा अल.इन.वान फेन्सी पसल खोली व्यापार व्यवसाय गर्दै आएको ।