२०७८ श्रावण १३ , बुधवार

अब वर्ल्डरेमिट बाट खल्ती खातामा पैसा प्राप्त गर्दा रू. २०० बोनस पाइने

world remit__PR copy (1)

सुनाखरी न्युज/ काठमाडौँ – खल्ती डिजिटल वालेटले वर्ल्डरेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाईएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० रुपैयाँ बोनस तुरुन्तै पाउनेछन् ।

 

वर्ल्डरेमिटसँगको यस सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रहरुबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको खल्तीकारेमिट्यान्स विभाग प्रमुख सौरभ राज पाण्डेले बताए । उनको अनुसार पैसा प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाइ केवाइसी भेरिफाइ भने गराएको हुनुपर्नेछ । खल्तीमा पैसा पठाएपछि केहि नगरी पैसा र बोनस स्वतः दुवै सेक्सनमा गइ सहजै हेर्न सकिने उनी बताउँछन् ।

 

वर्ल्डरेमिटबाट खल्तीमा पैसा पठाउनको लागि भने वर्ल्डरेमिट एप लग इन गरी ‘सेन्ड मनि’ मा ट्याप गर्ने गन्तव्यमा ‘नेपाल’ रोजी पठाउन चाहेको कुल रकम दाखिला गर्ने अनि अन्त्यमा मोबाइल मनि ट्रान्सफरभित्र खल्ती मोबाइल वालेट छानी पाउने व्यक्तिको सम्पुर्ण विवरण भरी पठाउन सकिन्छ ।