२०७८ श्रावण १० , आइतवार

विद्यार्थीका मौन सहभागीताका कारण बैकल्पिक शिक्षण सिकाइ प्रभावकारी नहुन सक्छ

Capture

जितेन श्रेष्ठ – विश्व महामारीको रुपमा फैलिएको कोभिडका कारण गत बर्ष झै यस बर्ष पनि सबै क्षेत्र अति प्रभावित नै रह्यो । त्यसमा शैक्षिक क्षेत्र पनि अछुतो रहन सकेन । विभिन्न पद्धतिबाट गत बर्षको शैक्षिक सत्रलाई बिट पनि मारियो र नया शैक्षिक सत्रको प्रारम्भ पनि भयो ।नेपाल सरकारबाट बैकल्पिक माध्यमबाट विद्यार्थी नाम दर्ता, पुस्तक बितरण हुँदै भौतिक रुपमा नभइ बैकल्पिक माध्यमबाट शिक्षण शिकाई अघि बढाउने प्रक्रिया पनि सुरु भयो । यो प्रक्रिया बारे सबैको आ-आफ्नै मत अभिमत रहन्छ । ती सबै सत्य नै हुन ।

 

बैकल्पिक शिक्षण बिधिमा सबैको पहुँच नहुदा केही झिनो प्रतिशत विद्यार्थीहरु शिक्षाबाट बन्चित नै हुनु परेको पनि छ । आजको यो प्राविधिक युगमा बैकल्पिक शिक्षाबाट बन्चित छ वा हुन्छ्न भन्ने सोच वा मतमा जोड गर्नु हुदैन । बैकल्पिक विधि भनेको अनलाइन मात्र हो भन्ने कसैको बुझाई छ भने त्यो नितान्त गलत हो । नेपाल सरकारले विभिन्न आम सञ्चारमाध्य जस्तै रेडियो, टेलिभिजनबाट शिक्षणका कार्यक्रमहरु संचालन भइ रहेको छ । सामान्यतया सोच्दा आजको समयकालमा यी आम सञ्चारमा पनि हाम्रो पहुँच छैन भन्ने आवाज कम नै आउला । तर यस्ता आमसञ्चारको माध्यमबाट हुने शिक्षण प्रक्रिया एकोहोरो हुने हुँदा र पृष्ठपोषणको अभाव हुने हुदा यसको प्रभावकारितामा प्रश्न चिन्ह खडा हुनु स्वभाभिक नै छ ।

 

यस्ता पुरान पद्धतिहरुलाई पछि पार्दै ईन्टरनेट आजको कालमा बिश्व नै समेटी दिएको छ । त्यसैले आजको यो आपत्कालिन महामारीको समयमा शिक्षण शिकाइ प्रक्रियालाई अझ सहज र प्रभावकारी रुपमा अघि बढाउनका लागि ईन्टरनेटलाई बैकल्पिक बिधीको रुपमा उच्चतम प्रयोग गर्नु गराउनुलाई सकारात्मक पक्षको रुपमा लिन सकिन्छ । नेपालमा सबै ठाउमा ईन्टरनेटको सुबिधा हुदा हुँदै पनि कतैकतै ईन्टरनेटको सुबिधा नभएकै कारणले पनि शिक्षामा समस्या परेको पनि पाइन्छ । तर अधिक्तम हात हातमा एन्ड्रोइड फोन, ट्यावलेट, कम्प्युटर जस्ता उपकरण हुनु अनि ईन्टरनेटको सुबिधा हुनुले यो विधिबाट शिकाई गर्न सकिन्छ साथै अन्तरक्रिया, पृष्ठपोषण जस्ता कुराहरुले पनि प्रभावकारिता उच्च रहेको मान्न सकिन्छ ।

 

सबै पक्षले अबल्ल हुदा हुँदै पनि ईन्टरनेटबाट बैकल्पिक शिक्षामा सहभागितामा गुणस्तर र प्रभावकारितामा भने पक्कै कमि देखिन्छ । विद्यार्थीहरु शिकाईमा प्रक्रियामा उपस्थित हुने तर सकृय सहभागीता नहुने कारणले गर्दा यसबाट मूल्याकंनको हिसाबले गुणस्तरिय प्रतिफलको अपेक्षा भने गर्न सकिन्न । विद्यार्थीहरुको शिक्षाप्रतिको झुकाव कम हुदा गुणस्तरीयको कल्पना गर्न अलि सहज भने छैन । ईन्टरनेटलाई शिक्षण शिकाई प्रक्रियामा प्रयोग गर्नुको साटो अन्य मनोरञ्जनमा बढी प्रयोग गर्ने हुदा समस्या देखिएको पाइन्छ ।

 

अन्लाईन कक्षामा विद्यार्थीहरु हाजिर कै लागि मात्र जडान हुने मानसिकताले गर्दा पनि समस्या देखिन्छ । शिक्षकसङ्ग अन्तरक्रियामा सक्रिय सहभागिता नगर्नुले पनि यस्को प्रभावकारी र गुणस्तरीयतामा आच आउने देखिन्छ । सेवा सुबिधा हुदा हुदा पनि विद्यार्थीहरुको मौन सहभागीताका कारण पनि प्रक्रियाको बिस्वस्नियता प्रश्न नउठ्ला भन्ने सकिन्न । शिक्षक अभिभावकको भुमिका र मर्मलाई बालबालिकाहरुले नबुझी दिदा मात्र विभिन्न समस्या साथै असहजता आइपर्ने देखिएको छ । खुलेर विद्यार्थीहरु अनलाइन कक्षामा शिकाइ प्रक्रियामा उपस्तिथ हुने तर सहभागीता नजनाउने, स्रोता मात्र हुने, अन्तरक्रिया नगर्ने जस्ता मौन ब्यवहारका कारण परिणाम संतोषजनक नहुने देखिन्छ । यसरी प्रक्रिया चल्ने तर विद्यार्थीहरुको लापरबाहीका कारण शिकाइ अर्थ न बर्थ हुन्छ कि भन्ने शंका उब्जनी हुनु स्वभाबिक देखिन्छ ।

 

तसर्थ यो महामारीको अवस्थामा बैकल्पिक शिक्षण शिकाई बिधीलाई सतप्रतिशत प्रभावकारी र गुणस्तरीय साबित गर्नका लागि सबैभन्दा महत्व पुर्ण भुमिका विद्यार्थीहरुको रहन्छ । यदि विद्यार्थीहरुले यो प्रक्रियामा सक्रिय सहभागी जनाए निकै लाभकारी हुनेछ । जस्को परिणाम देशको शिक्षा क्षेत्रमा कुनै पनि आच आउने छैन । साथै शिक्षा पुर्ण रुपले प्रबिधि मैत्री हुनेछ ।