२०७८ श्रावण १३ , बुधवार

कमला नदिको बीच टापुमा फसेका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

Capture

सुनाखरी न्युज/ धनुषा – अविरल वर्षाको कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदिको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहिबार बिहान सकुशल उद्वार गरेको छ ।

 

रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको वाहव बढ्न गई उक्त नदिको बीच भागमा रहेको टापुमा फसेका थिए । उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।

 

उद्वार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षिय गणपती यादव, ४० वर्षिया सितादेवी यादव र २७ वर्षिय संजय अधिकारी छन् ।