२०७८ श्रावण ११ , सोमवार

पदयात्राका बिपन्न मजदुरहरुलाई राहत बितरण

Capture

सुनाखरी न्युज/ पोखरा – बिश्वब्यापी माहामारीको रुपमा फैलिएको कोभिड- १९ का कारण नेपालको पर्यटनको पनि अति प्रभाबित पदयात्रा क्षेत्र नराम्ररी प्रभाबित भै पदयात्रा मा आश्रीत श्रमजिवी मजदुरहरु रोजगार बिहिन हुन पुगेका छन ।

 

पर्यटकिय सिजनहरुमा पर्यटकको भारि बोकि उच्च हिमाली क्षेत्रहरुमा पदयात्रा सहयोगीको रुपमा काम गरेर जिवीकोपार्जन गर्ने गरेका मजदुरहरु: पर्यटनको शुन्य गतिबिधी संगै एकातिर कोरोनाको भयाबह स्थिती र संक्रमणको त्रास, अर्कोतिर निशेधाज्ञाको कारण घर बाहिर निस्कन नसकिने अवस्थामा रहेका छन । अत्यन्त बिपन्न बर्गका त्यस्ता पदयात्रा मजदुरहरुलाई लक्षीत गरि तत्काल राहत बितरण गरियो ।

टान पोखराको आयोजना, टान केन्द्रका अध्यक्ष खुम बहादुर सुबेदी को समन्वय र हङकङ स्थित “मिक्स एन्ड म्याच“ कम्युनिटी (अध्यक्ष, दिन नाथ बगाले) को आर्थिक सहयोगमा यो राहत बितरण बितरण कार्यक्रम सम्पन्न गरियो । बिभिन्न जिल्लाबाट आएर पोखरालाई कर्मथलो बनाई परिवारको साथ घरभाडामा बसिरहेका पदयात्रा मजदुरहरु को लागी यो तत्कालको अत्यावस्यक राहत मात्र हो । बिषम परिस्थिती मा रहेका श्रमजीबी का परिवारहरुलाई तत्कालको आवस्यकता पुर्तिका लागी राहत बितरण गरि खुसी ल्याउन पाउनु सुखद क्षण हो भने नेपालका पदयात्रा पर्यटनका श्रमीकहरुले राहत मागेर खान पर्ने अवस्था आईपर्नु अत्यन्त मार्मिक र पिडादायी बनेको छ ।

 

सधैं भरि यसरी राहत मात्र बितरण र ग्रहण नै समस्याको समाधान पक्कै पनि होईन । पदयात्रा पर्यटन ले गति लिएर लयमा नफर्कदा सम्मको लागी श्रमीकहरुको लागी अल्पकालिन र दिर्घकालिन रोजगार सृजनाका कार्यक्रमहरु ल्याएर यथाशिघ्र कार्यान्वयन गराई मजदुरहरुको समस्या समाधान गर्नका लागी नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित निकायहरुको गम्भीर ध्यानाकर्षण समेत गराउन चाहन्छौं ।

 

राहत रकम रुः ५००० (पाच हजार रुपैंया) प्रति मजदुर बितरण गरिएको थियो । ७७ जना ट्रेकिंङ सहयोगी मजदुरहरु थिए ।