२०७८ श्रावण १० , आइतवार

ट्याक्टर दुर्घटनाबाट एक जनाको मृत्यु, तिन जना घाईते

accident

सुनाखरी न्युज/ पाँचथर – पाँचथर फालेलुङ गाँउपालिका ३ माङलेबुङ स्थितमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र तिन जना घाईते भएका छन् । हिजो बेलुका ५ बजे माङलेवुङबाट मेमेङ तर्फ जस्ता तथा खाद्यन्न लिई जादै गरेको मे१त ६५७७ नम्बरको ट्याक्टर अचानक सडकबाट अन्दाजी ३० मिटर तल झरेको थियो ।

 

सो दुर्घटनाबाट सोही स्थानका ५४ बर्षीया लक्ष्मी बिष्टको घटनास्थलमानै मृत्यु भएको छ । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मेमेङबाट प्रहरी टोली खटि गई घाईतेहरु सोही स्थानका चालक ४० बर्षीय अक्कल बहादुर लिम्वु, सोही स्थानका ४६ बर्षीय कर्ण राई र सोही स्थानका ३० बर्षीय मन कुमार राईलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा पठाईएकोमा चालक लिम्बुलाई थप उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोड पठाईएको छ भने बाकी घाईते डिस्चार्ज भई घर फर्केका छन् ।