२०७८ श्रावण ११ , सोमवार

क्रियाशिल सदस्यता विवाद सम्बन्धि छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

Nepali-Congress-Party-Office

सुनाखरी न्युज/ काठमाडौं -क्रियाशिल सदस्यता विवाद समाधानकालागि नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बिहीबार बस्दै छ । दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने सहमहामन्त्री डा. प्रकासशरण महतले बताएका छन् ।

 

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरु सहभागी हुनेछन् । १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा समेत कांग्रेसले क्रियाशिल सदस्यता विवाद समाधानका लागि अहिलेसम्म मापदण्ड बनाउने सकिएको छैन । जसका कारण उजुरी माथि छानविन हुन सकेको छैन ।

 

क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।