२०७८ श्रावण १९ , मंगलबार

पार्टीभित्रैबाट विरोधीसंग साँठगाँठ गरी सरकारलाई बदनाम गर्ने खेल भयो: ओली

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्रैबाट विरोधीसंग साँठगाँठ गरी सरकारलाई बदनाम गर्ने खेल भएको आरोप लगाएका छन ।

 

प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कव्जा गर्ने र विरोधीसंग साठगाँठ गरेर सरकारलाई बदनाम गर्ने खेल भएको आरोप लगाएका हुन । सरकारले भ्रष्टचार नियन्त्रण र अन्य देशसंगको सम्बन्ध सुमधुर बनाएको प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाले देश हाक्न सक्ने अवस्था नदेखिइएपछि बिघटन गर्न बाध्य भएको बताए ।