२०७८ श्रावण १० , आइतवार

नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात आवागमन ठप्प

Capture

सुनाखरी न्युज/ चितवन —

नारायणगढ–मुग्लिन सडकमा लगातार वर्षापछि पहिरो खस्दा  यातायात आवागमन ठप्प भएको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार बुधबार राति सवा २ बजे इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा पहिरो खसेको छ ।

 

डोजर र लोडर पहिरो खसेको ठाउँमा पुगेको र हटाउन थालिसकिएको थापाले बताए ।

पानी निरन्तर परिरहेको र पहिरो झर्ने क्रम नरोकिएका कारण बाटो खुलाउन केही समय लाग्ने प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी सूर्य थापाले बताए ।

 

संघीय राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम क्षेत्रसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको यो सडक खण्डमा वर्षायाममा पहिरोले पिरलो सुरु हुन्छ । एसियाली मापदण्डअनुरूपको दुई लेनको फराकिलो सडक बनाउने क्रममा ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटिएको ठाउँमा हरेक वर्षायाममा पहिरो खसेर दुस्ख दिने गरेको छ ।