२०७८ श्रावण १० , आइतवार

एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज, केन्द्रीय कमिटीको बैठक १८ गते बस्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार  बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वत: निष्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए ।अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।