२०७८ श्रावण १० , आइतवार

एनएमबि बैंकको आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित २४ सै घण्टा ‘एनएमबि सापटी २.०’कर्जा सेवा सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं – एनएमबि बैंकले एनएमबि सापटी २.० नामक एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ। यो सेवा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

 

यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र ७ तै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एनएमबि सापटीको निरन्तरताको रूपमा यस्तो व्यवस्था गरिएको हो । यस सेवामा कुनै पनि व्यक्तिले बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेट भित्र नै कर्जा प्राप्त गर्न सक्छन्। एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरूको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरूको परिपूर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा रहेको बैंकले जनाएको छ ।

 

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरूलाई २४ महिना सम्मको लचिलो अवधि सहित २ लाख रुपैयाँ सम्म २४ सै घण्टा र ७ तै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैकले जनाएको छ । यसमा ग्राहकहरूले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।