२०७८ श्रावण १० , आइतवार

टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै थप धितोको सहुलियत कर्जा

Capture

सुनाखरी न्युज/ काठमाडौं – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र सांग्रिला डेभलपमेन्ट बैंकबीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै धिताको सहुलियत कर्जा सम्बन्धि सम्झौता भएको छ ।

 

यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङ्गको सिफारिस प्राप्त १५०० ग्राहकहरुले टाटा मोटर्स ब्राण्डका पीकअप र कार्गो गाडी खरिदका लागि सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा १% भन्दा कम न्युनतम सेवा शुल्कमा प्राप्त गर्न सक्नेछन् । टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । ईच्छुक ग्राहकहरुले पिकअपको लागि ९८०१९०९८९१ र कार्गोको लागि ९८०१०४२८९६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

उक्त सम्झौता पत्रमा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका चिफ क्रेडिट अफिसर रजित मास्के तथा सिप्रदी ट्रेडिङ्गको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका हुन् । सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का देशभरि रहेका सम्पुर्ण डिलरहरु र सांग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ ।