२०७८ श्रावण २१ , बिहिवार

मन्त्री कृष्णगोपाल श्रेष्ठले आयोग समक्ष भने, ‘आइन्द म यस्तो गल्ति गर्ने छैन’

krishnagopal

सुनाखरी न्युज/ काठमाडौं – शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती भएको भन्दै आइन्द गल्ति नगर्ने प्रतिबद्धता गर्नु भएको छ । मन्त्री श्रेष्ठले जातिय विभेदलाई बढवा हुनेगरि दलितमाथि विभेद गरेको भन्दै पक्राउ परेकी महिलालाई छुटाउनु भएको थियो ।

 

उहाँले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आफ्नो गल्ति भएको भन्दै स्वीकार गर्नु भएको थियो । मन्त्री श्रेष्ठले आयोगमा पदाधिकारी समक्ष आगामि दिनमा यस्तो गल्ति नगर्ने पनि प्रतिबद्धता गर्नु भएको थियो ।

 

जातिय विभेदलाई मुद्धामा पक्राउ परेकी महिलालाई मन्त्री स्वयम गएर छुटाई आफू सवार गाडिमा हालेर ल्याएको भन्दै आलोचित बन्नु भएको थियो । मंगलबलार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आवेशमा आएर त्यस्ता कार्य नगर्न निर्देशन दिनु भएको थियो । मंगलबार मानवअधिकार आयोगले कार्यालयमै बोलाएर छलफल गरेको थियो ।