२०७८ श्रावण १० , आइतवार

भोलीदेखि मनकामना स्मार्ट लघुवित्तले आइपीओ निष्काशन गर्ने

Capture

सुनाखरी न्युज/ काठमाडौं – मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले असार १७ गते (भोली) देखि आइपीओ निष्काशन गर्ने भएको छ ।

 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । ३ लाख ८९ हजार कित्तामा ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएको छ भने ३ लाख ६३ हजार ४९२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

 

उक्त आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार ३१ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।