२०७८ श्रावण १० , आइतवार

कृषि विकास बैंकको “७ वर्षे ६ अर्ब कृषि ऋणपत्र”का डिबेञ्चरको रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं – एनआईबिएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले “ ७ वर्षे ६ अर्ब कृषि ऋणपत्र”का डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरिएको छ । कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालिन साधनको उपलब्धता सहज बनाउन यस बैंकले कृषि ऋणपत्र जारी गरिएको हो ।

 

उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन ।