२०७८ श्रावण १० , आइतवार

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, यि टिमबीच हुँदैछ भिडन्त

Capture-126

सुनाखरी न्युज/ काठमाडौं – १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो ।

 

उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वार्टरफाइनलमा पुग्न सफल भएको हो । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधिको दाबेदार मानिएका टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् ।

 

को को पुगे अन्तिम ८ मा

शुक्रबार राति ९:४५ बजे – स्विट्जरल्यान्डविरुद्ध स्पेन

शुक्रबार राति १२:४५ बजे – बेल्जियमविरुद्ध इटाली

शनिबार राति ९:४५ बजे – चेक रिपब्लिकविरुद्ध डेनमार्क

शनिबार राति १२:४५ बजे – युक्रेनविरुद्ध इंग्ल्यान्ड