२०७८ श्रावण २१ , बिहिवार

पाँच विद्यार्थी संगठनले गराए परिक्षा बोर्डको ध्यानाकर्षण

5

सुनाखरी न्युज/ काठमाडौं – कोरोना महामारीले समग्र शैक्षिक क्षेत्र प्रभावित भएको भन्दै पाँच विद्यार्थी संगठनले विद्यार्थीको पढाई, परीक्षा, र एसईईको मुल्यांकन प्रक्रियाबारे राष्ट्रिय परिक्षा बोर्डको ध्यानाकर्षण गराएको छ ।

 

निषेधाज्ञाका कारण शैक्षिक संस्थाहरुले अनलाईन माध्यमबाट अध्यापन गराइरहेको भए पनि विभिन्न शिर्षकमा आवश्यकता भन्दा बढि शुल्क उठाउदै आएको उल्ल्ेख गर्दै विद्यार्थी संगठनले त्यसलाई रोक्न माग गरेका छन । यसैगरी एसईई, कक्षा ११ र १२ को परीक्षा अझै अन्योलमा रहेकोमा स्पष्ट पार्न आग्रह गरिएको छ । छलफलका क्रममा राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा ११ को परिक्षा कार्यविधि अनुसार विद्यालय आफैले लिने र कक्षा १२को परिक्षा साउनको तेस्रो हप्ता सम्ममा लिएर दशैँ अगाडि सम्ममा नतिजा प्रकाशन गर्ने बताएका छन ।

कोरोना महामारीका कारण शैक्षिक क्षेत्र बन्द हुँदा परीक्षालाई लिएर अन्योलमा रहेका छन । यसका साथै अनलाइन माध्यमाबाट अध्यापन भइरहेको भएपनि कतिपय विद्यालयले अनावस्यक शुल्क असुल्दै आएका छन ।