२०७८ श्रावण ११ , सोमवार

धादिङ र तनहुँका विभिन्न स्थानमा स्वास्थ्य सामाग्रि वितरण

Capture

सुनारखी न्युज/ काठमाडौं-

वोधिसत्व विहारको आर्थिक सहयोग र समाजसेवी रिता श्रेष्ठ प्रधानको पहलमा धादिङ र तनहुँका विभिन्न स्थानमा स्वास्थ्य सामाग्रि वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका र कोरोना महामारिका कारण प्रभावितभएका सयौं धरैं धर परिवारलाई सहयोग पुर्याउने उद्धेश्यले स्वास्थ्य सामािग्रहरु वितरण गरिएको समाजसेवी प्रधानले वताउनुभयो । उहाँका अनुसार धादिङको त्रिपुराशुन्दरी गाउँपालिकास्थित मुलपानी स्वास्थ्य चौकी र तनहुँको विभिन्न स्थानमा स्वास्थ्य सामाग्रि वितरण गरिएको हो । उहाँका अनुसार वोधिसत्व विहारको आर्थिक सहयोगमा यसअघि पनि विभिन्न स्थानमा राहत सामाग्रि वितरण गरिएको थियो ।