२०७८ श्रावण १० , आइतवार

त्रिशुली नदीमा ट्रक खस्यो, चालकसहितको ट्रक बेपत्ता

5

सुनाखरी न्युज/ धादिङ – धादिङको बेनीघाट रोराङ्ग गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरेघाट खण्डमा भएको सवारी दुर्घटनामा परी चाककसहितको ट्रक त्रिशुली नदीमा बेपत्ता भएको छ ।

 

विरगंजबाट काठमाण्डौँतर्फ आउँदै गरेको ना ३ ख ८०७४ नम्वरको ट्रक विहानीपख दुर्घटनामा परी त्रिशुली नदीमा खसेको हो ।प्रहरीका अनुसार ट्रकमा सवार चालक बाहेक अरु को को थिए भन्ने यकिन भएको छैन। ट्रकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । विरगंजबाट काठमाण्डौतर्फ आउँदै गरेको कपडा लोड गरिएको तीन ओटा ट्रक मध्य एउटा ट्रक सम्पर्कमा नआएपछि गरिएको खोजी कार्यमा दुर्घटनामा परेको पुष्टि भएको तर नदीको बहाव निकै ठुलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान राजमार्ग प्रहरीको छ ।

 

बेपत्ता हुने सवारी चालकको पहिचान खुल्न सकेको छैन । ट्रक सडकबाट करिव ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।