२०७८ श्रावण १० , आइतवार

राप्रपा नुवाकोटद्वरा अक्सीजन, कन्सन्ट्रेटर र मास्क प्रदान

1

सुनाखरी न्युज/ नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले धुलिखेल अस्पताल (थानसिङ स्वास्थ केन्द्र ) लिखु ५ र चौघडा स्वास्थ्य चौकि लिखु ४ र लिखु वडा नं ४ लाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको पहलमा उपलव्ध अक्सिजन कन्सन्ट्रेटर र मास्क हस्तान्तरण गरेको छ ।

 

कोभिड–१९ महामारीविरुद्ध अग्रमोर्चामा खटेका स्वास्थ्यकर्मीहरुले गर्नुभएको कार्य उल्लेखनीय रहेको र अहिलेको विषम परिस्थितिमा अक्सिजन सिलिन्डर को अभावका कारण यो उपकरणले रोगको उपचारमा सहयोग पुराउने अपेक्षा सहित राप्रपाले यो उपकरण हस्तान्तरण गरेको कार्यसम्पादन समिति सदस्य जनक पाठक ले वताउनु भएको छ। कार्यसम्पादन समिति सदस्य दीपक कुमार राइ ले राप्रपा सदैव जनताको दुखमा साथ दिदै अाइरहेको र यो माहामारिमा पनि राप्रपाले जनताको घरघरमा पुगेर सकेको सहयोग गरिरहेको वताउदै यस्ता सामग्रीहरु अन्य स्थानमा समेत उपलब्ध गरायको र भविष्यमा पनि सक्दो सहयोग गर्ने वताउनु भयो। अक्सीजन कन्सन्ट्रेटरले बिद्युत आपूर्ति नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । यस मेसिनको सहयोले अक्सीजन उत्पादन गरी हाल कोभिड विरामीहरुलाई नियमित सेवा दिनेछ भने पछी सेवाग्राहीहरुलाई सेवा दिने बिश्वास लिईएको छ ।


सो उपकरण धुलिखेल अस्पताल(थानसिङ स्वास्थ्य केन्द्र )लिखु ५ र चौघडा स्वास्थ्य चौकिको प्रमुख हरुलाइ हस्तान्तरण गरियको छ। हस्तान्तरण कार्यक्रममा राप्रपा कार्यसम्पादन समिति सदस्य दीपक कुमार राइ, प्रविण कुमार थोकर, क्षेत्रीय अध्यक्ष विमल थापा राप्रपा लिखु गाउपालिका अध्यक्ष चिन्नल कुमार राइ, रामचन्द्र अगस्थि, विष्णु पाठक, राजन पौडेल, धुर्व धिताल वडा नं ४ का कावा अध्यक्ष पदम वाहादुर राइ, भोजराज न्यौपाने युवा नेता संकर रिसाल,लगायतको उपस्थिति रहेको थियो।

 

सो कार्यक्रममा अस्पतालका डाक्टरहरुले पहल कर्ता डा.प्रकाशचन्द्र लोहनी र सामग्री हस्तान्तरण गर्न आ उनु भएका साथिहरुलाई धन्यवाद व्यक्त गर्दै यस सहयोगले अस्पतालको उपचार कार्यमा थप सहयोग हुने र आफू र आफ्नो समुहलाई थप जिम्मेवार बनाएको बताउनु भएको थियो ।