२०७८ श्रावण १३ , बुधवार

डिआइजी थापालाई एआइजी बढुवाका लागि सिफारिस

sahakul1_1536485381

सुनाखरी न्युज/ काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो ।

 

समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअुसार थापालाई बढुवा सिफारिस गरेको हो । बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालय, नक्सालमा कार्यरत छन ।