२०७८ श्रावण १९ , मंगलबार

सुनको मूल्यमा सामान्य गिरावट

3

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार एक सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेका छन् । आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।