२०७८ श्रावण १० , आइतवार

कुटपिट गरी हत्या गरेको अभियोगमा ४३ वर्षीय तामाङ पक्राउ

arrest

सुनाखरी न्युज/ संखुवासभा – पाँचखपन नगरपालिका–३ सिरिसे बस्ने ८० वर्षीय आइत बहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४३ वर्षीय विष्णु तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

शनिबार राति तामाङले मादक पदार्थ सेवन गरी राईलाई कुटपिट गर्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले कुटपिट गर्ने तामाङलाई नियन्त्रणमा लिएको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।