२०७८ श्रावण १० , आइतवार

१५ किलो गाँजासहित बाराबाट एक जना पक्राउ

Capture

सुनाखरी न्युज/ बारा – १५ किलो लागुऔषध गाँजासहित प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाउँपालिका –१ का ३६ वर्षीय राज महमत मियाँ हजाम छन्। इलाका प्रहरी कार्यालय जितपुरको टोलीले हजामलाई बारा जितपुरसिमरा उपमहानगरपालिका–७ बाट आइतबार अपराह्न पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रका अनुसार मोटरसाइकलमा सवार उनले पिठ्युँ र केरियरमा लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा फेला परेको हो ।