२०७८ श्रावण २१ , बिहिवार

प्रि एडभाईजरी कमिटी मिटि सम्पन्न

208049388_314744583722092_275990613881339960_n

सुनाखरी न्युज/ पोखरा – लायन्स क्लव ३२५ वि १ नेपालको क्लष्टर ५, रिजन ९ अन्तर्गत जोन १७ को प्रि एडभाईजरी कमिटी मिटि सम्पन्न भएको छ ।कार्यक्रममा लायन्स क्लब अफ हेमजाका अध्यक्ष प्रकाश पौडेल, लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष कपिलदेव शर्मा, लायन्स क्लब अफ पोखरा नर्थका अध्यक्ष विजयराज तिम्सिना लायन्स क्लब अफ लेखनाथ कवी शिरोमणिका अध्यक्ष राजुप्रसाद तिवारीले क्लबले गर्ने वर्षभरीका योजना प्रस्तुत गरेका थिए ।

 

उक्त अवसरमा लायन्स क्लब अफ पोखरा सेतो गुँरास नामक नयाँ क्लब पनि घोषणा गरिएको थियो । जसको संस्थापक अध्यक्षमा वसन्तराज बास्तोला रहनुभएको छ । कार्यक्रममा बोल्दै लायन्स क्लब ३२५ वि १ नेपाल वेलफेयर बैंक चिफ मिलन थापाले आफ्नो पदियो दायित्वमा रहेर काम गर्ने क्लब सफल हुने बताउनुभयो । एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोति तिमिल्सिनाले दुःखी पिडितलाई सहयोग गर्दा आत्मासन्तुष्टि मिल्ने बताउनुभयो ।

 

जोन १७ का जोन चेयरपर्सन केशवशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लष्टर चिफ पुरुषोत्तम पराजुली, रिजन चेयरपर्सन जीवन गोर्खाली, जोन चेयरपर्सन युवराज बोहोरा, जोन १७ का मिडिया कोर्डिनेटर प्रकाशचन्द्र सापकोटा लायन्स क्लब अफ पोखरा लालिगुँरासका निर्वतमान अध्यक्ष भरतराज अधिकारी, लायन्स क्लब अफ हेमजाका सचिव सन्तमान श्रेष्ठले बोलेका थिए ।