२०७८ श्रावण १३ , बुधवार

नेलम्बो नेपालद्धारा पोखारको श्री शुक्रराज माध्यमिक विद्यालयलाई सहयोग

sukraraj 2

सुनाखरी न्युज/ काठमाडौं -पोखरा – पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्यहरु गर्दै आई विगत १ वर्ष आगाडी देखि विश्व महामारीको रुपामा फैलिएको कोरोना भाईरस कोभिड १९ रोगको रोकथाम तथा व्यवस्थापनको लागि पनि निरन्तर लागि रहेको छ ।

 

अग्रभागमा खटिने स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र संचार कर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रहिरु प्रदान गरेको नेलम्बो नेपालले विभिन्न स्थानीय तह, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य इकाई, सरकारी कोभिड अस्थाई अस्पताल, जस्ता स्थानमा स्थास्थ्य सामग्रीहरु प्रदान गर्दै आइरहेको छ भने पोखराको ग्रह्रापाटनमा रहेको जिल्ला प्रशासन कार्यालयको अगाडी दैनिक रुपाम हेल्प डेक्स राखी माक्स तथा सेनिटाइजर निःशुल्क रुपमा हस्तान्तरण गरेको छ । बन्दा बन्दीका कारण अति विपन्न, शारिरिक रुपमा आपाङ्गता भएका मानिसहरुलाई खाद्य राहात साममग्रीहरु गण्डकी प्रदेश मै हस्तान्तरण गरेको छ ।

 

त्यसै गरि कोभिड १९ को कारण सवै भन्दा बढी मर्कामा परेको शिक्षा संस्थालाई पनि नेलम्बो नेपालले निरन्तर सहायोग गर्दै आई रहेको छ । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीमा रहेको श्री शुक्रराज माध्यमिक विद्यालय शैक्षिक शत्र ७८/७९ का लागि नयाँ कक्षा भर्ना अभियान भौतिक रुपामा विद्यालयका शिक्षकहरुको आंशिक उपस्थितिमा भईरहेको हुँदा स्वास्थ्य माप दण्ड अपनाई कार्य गर्न सहज होस भन्ने हेतुले डिस्पोजिवल माक्स, फेस सिल्ड, केएन ९५ माक्स, सेनिटाईजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेताना ब्रोसर गरि रु २७,१६० रुपैया बरावरको स्वास्थ्य सामग्रीहरु नेलम्बो नेपालका अध्यक्ष एक देवकोटा र कार्यक्रम संयोजक डा.कसन कोइरालाले विद्यालयका प्रधानाध्यापक नरनाथ वराललाई हस्तान्त्रण गर्नु भएको हो । हस्तान्तरण पश्चात् संस्थाका अध्यक्ष देवकोटाले उपलब्ध गाराईएका स्वास्थ्य सामग्रीहरुको सहि सदुपयोग हुने मा विश्वास व्यक्त गर्नु भयो ।

 

प्रधानाध्यापक वरालले यस विषम् परिस्थितिमा विद्यालयको कोभिड १९ सम्बन्धी स्वास्थ्य सामग्री खरिद गर्ने बजेट नहुदाँ स्वास्थ्य सामग्रीहरु खरिद गर्न नसकि स्वास्थ्य मापदण्ड समेत पालना गर्न नसकेको अवस्थामा नेलम्बो नेपाल आई सहयोग गरेको प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । र आफुहरुले स्वास्थ्य मापदण्ड अपनाई कार्यहरु गर्न पाउने भएको मा खुशी व्यक्त गर्दै उपलब्ध स्वास्थ्य सामग्रीहरुको सहि सदुपयोग गर्ने पनि बताउनु भयो ।