२०७८ श्रावण ११ , सोमवार

प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समाले गण्डकी प्रदेश प्रहरी प्रमुखको कार्यभार

1

सुनाखरी न्युज/ पोखरा – गण्डकी प्रदेश प्रमुखको रुपमा सरुवा भई गएका प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा भव्य स्वागत गरिएको छ  ।

 

नेपाल सरकार गृह-मन्त्रालयको निर्णायानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा सरुवा भएका प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले आज गण्डकी प्रदेश प्रहरी प्रमुखको कार्यभार समाल्दै पदभार ग्रहण गर्नुभएको हो ।

 

सोही अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहोराले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लोहनीलाई स्वागत गर्नुभई प्रदेश अन्तर्गतको शान्ति सु-व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराउनु भएको थियो ।