२०७८ श्रावण १३ , बुधवार

पञ्चकन्यामा चोरीमा संलग्नको फोटो तथा भिडियो सार्वजनिक

5

प्रविण थपलिया/ नुवाकोट – पञ्चकन्याको नव संजीवनी मा वि चोरीमा संलग्नको फोटो तथा भिडियो सार्वजनिक गरिएको छ ।

 

असार १० गते राति १:४२ बजे बिद्यालय भित्र प्रवेश गरि आठ वटा ताल्चा फोडि भएको तोडफोडमा संलग्न व्यक्तिको पहिचान हुन नसकेको भन्दै असार १४ गते वसेको विद्यालय व्यवस्थापन समितिको बैठक ले तोडफोडमा संलग्न व्यक्तिको सि सि क्यामरामा कैद फुटेज तथा फोटो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष कृष्ण मिश्रले जानकारी गराउनु भयो ।


सि सि क्यामरामा कैद भएको फोटो र भिडियो ११ गते नै प्रहरीलाई दिएपनि आज सम्म उक्त तोडफोडमा संलग्न व्यक्तिको पहिचान गर्न नसकेको भन्दै घट्नामा संलग्न व्यक्तिको पहिचान गर्न सहज होस भनेर घट्नामा संलग्न ब्यक्तिको फोटो तथा भिडियो सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । कसैले फोटो, भिडियोमा देखिएको मान्छे चिनेमा विद्यालय व्यवस्थापन समिति या नजिकैको प्रहरी कार्यालयमा खवर गरिदिनका लागि नव संजीवनी मा वि विद्यालय व्यवस्थापन समितिले अनुरोध गरेको छ ।

भिडियो सार्वजनिक