२०७८ श्रावण १० , आइतवार

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

arrest

सुनाखरी न्युज/  मोरङ – मोरङ बुढिगंगा गाउँपालिका २ टंकिसिनवारी स्थितमा सरस्वती खड्काको घरमा संचालनमा रहेको NIC ASIA बैंकको ATM बुथमा तोडफोड गरिरहेको अबस्थामा २ जनालाई पक्राउ गरिएको छ ।

 

पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ बर्षीय मो. ईम्तियाज र २५ बर्षीय मो. अनिष हुसेन रहेका छन् । आज बिहानको राती पौने ३ बजे बिभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो । हाते औजार सहित पक्राउ परेका उनिहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको छ ।