२०७८ श्रावण १० , आइतवार

निषेधाज्ञा एकसाता थपियो, किराना र खाद्यान्न पसल दिनभर खुल्ने, अरु व्यवसाय पनि खुकुलो (आदेश सहित)

jipraka-ktm

सुनाखरी न्युज/ काठमाडौं – मंगलबारदेखि काठमाडौं उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् । यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।

 

सोमबार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले किराना तथा खाद्यान्न पसल बिहानदेखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् ।  निषेधाज्ञा थप एकसाता लम्बिएको छ ।

 

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट मिति २०७८/०३/१५ देखि लागू हुने गरी जारी गरिएको नयाँ आदेश यस्तो छ ।