२०७८ श्रावण १० , आइतवार

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर

gold silver

सुनाखरी न्युज/ काठमाडौं – सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य स्थिर रहदै प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

 

यसअघि आइतबार पनि छापावाला सुन तोलाको ९० हजार ७ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १३०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।