२०७८ श्रावण १० , आइतवार

थपलियाको पहलमा बोधिसत्वा बिहार मार्फत अपांगता भएका २० परिवारलाई राहत सामग्री प्रदान

3

सुनाखरी न्युज/ काठमाडौं – शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष एवं सगरमाथा पोष्ट डट कमका सम्पादक पत्रकार रबिन प्रसाद थपलियाको पहलमा बोधिसत्वा बिहार मार्फत काठमाण्डौंको तारकेश्वर र टोखा नगरपालीकामा बस्ने २० परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।

 

आइतबार साँझ एन्जल्स हार्ट स्कुलमा आयोजना गरिएको कार्यक्रममा १८ जना अपांगता भएका व्यक्ति र २ जना एकल महिला गरी २० जनालाई प्रतिव्यक्ति ४५ सय बराबरको राहत सामग्री बितरण गरिएको हो । बितरण गरिएको राहत सामग्रीहरुमा चामल २५ केजीको १ बोरा, तेल सनफ्लावर २ लिटर, अण्डा १ क्रेट, कालो रातो दाल ५ केजी, मिक्स गेडागुडी ५ केजी, मसला १ पाकेट, सेनिटाइडजर र माक्स लगायतको सामग्री रहेका छन् । अपांगता भएकाहरुले बोधिसत्वा बिहारले आफुहरुलाई खोजीखोजी सहयोग गरेकोमा खुसी व्यक्त गरे । उनिहरुले सहयोग गर्ने बोधिसत्वा बिहार र सहयोगको लागि पहल गरिदिने पत्रकार थपलियाप्रति धन्यवात दिए ।

 

सहयोग हस्तान्तरण कार्यक्रममा बोधिसत्वा बिहारका तर्फबाट सामाजीक अभियन्ता तथा समाजसेवीहरु तिलक बस्नेत, सिता भण्डारी, शोभा वाग्ले लगायतको उपस्थीति रहेको थियो । बोधिसत्व बिहारले तारकेश्वर नगरपालीका तथा टोखा नगरपालीका वरपर खाना अभावमा रहेको झण्डै २ सय व्यक्तिहरुलाई प्याकीङ खाना समेत बितरण गरेको थियो । यस अघि पत्रकार थपलियाको पहलमा बोधिसत्व बिहार मार्फत प्राप्त ३ थान अक्सिनज कन्सनटेटर, पिपिई सहित ३ लाख रुपयाँ बराबरको स्वास्थ्य सामग्रीहरु नुवाकोटको शिवपुरी गाँउपालीकालाई हस्तान्तरण गरिएको थियो ।