२०७८ श्रावण १९ , मंगलबार

कोका–कोलाले कोभिड लकडाउन पछि व्यापार पुन सुचारु गर्न लागेका रिटेलर्सहरुलाईे सपोर्ट गर्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं – लकडाउनको प्रतिबन्ध सहज हुन थालेपछि नेपालमा कोका–कोलाले महामारीबाट पुन सुचारु हुने व्रmममा किराना र शप अनर्सहरुलाई सहयोग गर्ने योजना बनाएको छ । यसमा शप अनर्सहरुको लागि सुरक्षाको लागि पहलहरु पनि समावेश गरिएका छन् । यो पहल पछाडिको मूल उद्येश्य भनेको खाद्य र पेय क्षेत्रहरुलाई आफ्नो पहिलेको स्तरमा फिर्ता ल्याउन, कोभिड पश्चात् रिकोभर हुन र फस्टाउन सहयोग गर्नु हो ।

 

किराना स्टोरहरुको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले व्हाट्सएप मार्फत दु्रत र सुविधाजनक अडरिंग सेवा सुरु गरेको छ जसले स्वचालित विव्रmेता र वितरकहरुलाई जोड्नमा सहयोग पुर्याउँनेछ । यसको साथै खुद्रा विव्रmेताहरुले व्हाट्सएपको माध्यमबाट वितरकहरुसँग सीधै अर्डर लिन सक्नेछन् । यो अवधारणाले व्यापारलाई अगाडि बढ्न र राम्रो सञ्चार बन्न सहयोग पुर्याउँछ र फिजिकल कन्ट्याक्ट हुने जोखिमबाट बचाउँछ । यो प्ल्याटफर्म अरु कम्युनिकेशन एप्लिकेशन जस्तै फेसबुक मेसेन्जर र भाइबरमा पनि सम्भव बनाइनेछ ।

 

नेपालका कोका–कोलाका कन्ट्री डाइरेक्टर आदर्श अवस्थी ज्यूले भन्नुभयो , “ गत वर्ष साना व्यवसायीका लागि व्यवसाय राम्रो हुन गएन । यो पहलले रिटेलर्सहरुलाई उनीहरुको व्यापारलाई छिटो रिकोभर गर्न सहयोग पुर्याउने छ । यसले ग्राहकहरुलाई सुरक्षित तरिकाले नजिकैको आउटलेटबाट किन्न प्रोत्साहित गरेर ग्राहकहरुसँग बहु डिजिटल विकल्पहरु सहित सम्पर्क राख्नेछ । सेलेक्ट मार्केटबाट सुरु गरिएका यी पहलहरुलाई हामी विस्तारै विस्तार गर्नेछौँ । ” कम्पनीले आफ्नो उत्पादनहरु हरेक चरणमा हाइजेनिकल्ली ह््यान्डल्ड रहेको सुनिश्चित गर्नको लागि थप सावधानी अपनाएको छ । कम्पनीले कोका–कोलाको कूलर र त्यसमा भएको उत्पादनहरु सफा राख्ने क्लिन अप कार्यव्रmमको आयोजना गर्ने छ ।

 

यो पहलले काठमाडौँको रिटेल र किराना स्टोरहरुलाई समेट्नेछ । कोका–कोलाले हाइजिन र पि.पि. ई किट वितरण गर्ने छ र १००० भन्दा बढी स्टोरहरुमा काउन्टर शिल्डको स्थापना गर्ने छ । बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री प्रदीप पाण्डे ज्यूले भन्नुभयो, “ कोका–कोलाले इकोनोमिक रिकोभरीलाई सहयोग गर्दै आएको छ र हाम्रा खुद्रा विव्रmेताहरुलाई सामान्य नेभिगेट गर्न मद््दत गर्ने हाम्रो एउटा जिम्मेवारी रहेको छ । हामी साना व्यवसाय र शप अनर्सहरुको साथमा रहदै आएका छौँ र अर्थपूर्ण रुपमा नेपालको वृद्धि गर्न योगदान पुर्याउँदै आएका छौँ ।” लकडाउन पछि धेरै किराना स्टोरहरुले आºनो सामानको होम डेलिभरीको प्रस्ताव गर्दै आएका छन् । कोका–कोलाले शप अनर्सहरुलाई स्टोरको सम्पर्क नम्बरहरु रहेको निजीकृत पोष्टर राख्नेछन् जसले कम्युनिकेशन र अर्डरिंगको लागि सहयोग पुर्याउँनेछ ।