२०७८ श्रावण १० , आइतवार

आफ्नै छोराले गर्‍यो ७२ बर्षीय बुबाको हत्या

hattya

सुनाखरी न्युज/ खोटाङ – आफ्नै छोराबाट बुबाको हत्या भएको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् ।

 

आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ ।