२०७८ श्रावण १० , आइतवार

नुवाकोटको शिवपुरी सातमा एक व्यक्ति मृत अवस्थामा भेटिए

Capture

प्रविण थपलिया/ नुवाकोट – नुवाकोट शिवपुरी सातमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । मृतक विदुर नगरपालिका 12 मुलाबारीका 40 वर्षिय शम्भु बा मिजार रहेको परिवार स्रोतले जानकारी दिएका छन्।

 

मृतकका आफन्त राजेन्द्र मिजार ले जानकारी गराए अनुसार काठमाडौंबाट नुवाकोट आउने क्रममा हिजो दिउँसो ठानाभञ्याङ ढलानघर नजिकै मोटरसाइकलबाट भागेर वेपत्ता भएका शम्भु बा मिजारलाई खोजी गर्दा नभेटिए पछि प्रहरीमा खवर गरिएको थियो । निषेधाज्ञा अगाडि डाइभिङ्ग पेशा गरिरहेका मिजार सवारी बन्द भएपछि डकर्मीको काम गर्दै आएका थिए। उक्त व्यक्ति सुनखानीको पात्लेखेत स्थित लासाङ तामाङको गोठमा प्लास्टिक ओढेर सुतिरहेको अवस्थामा विहान छ बजे भेटिएपछि तामाङ घरमा गएर आफ्नो परिवार संग भनि को रहेछ भनेर तामाङको छोरा हेर्न आउदा गोठ नजिकै सुतिरहेको मान्छे मृत्यु भएको थाहा पाएपछि छहरे चौकी तथा शिवपुरी सातका वडा कार्यालय खवर गरेको लासाङ तामाङले बताउनु भयो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसन्धान टोली पुगेर अनुसन्धान सुरु गरिसकेको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला सदरमुकाममा लगिएको छ ।